संरक्षित वन्यजन्तु भालुको पित्तसहित दुइजना पक्राउ

२८ असार, काठमाडौं ।

 संरक्षित वन्यजन्तु भालुको पित्तसहित काठमाडौं चन्द्रागिरी नगरपालिका-८, कल्याणपुर साउनेपानीबाट २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा मकवानपुर कैलाश गाउँपालिका-१, वरभंञ्याङ घर भएका २७ वर्षीय हरी बहादुर मोक्तान र सोही गाउँपालिका-२, डाँडाखर्क घर भएका २७ वर्षीय राम बहादुर लामा रहेका छन् ।

 

संरक्षित वन्यजन्तु भालुको पित्तको अवैध रुपमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले भालुको पित्त भनी ३५ ग्राम भएको वस्तुलाई २० लाख रुपैयाँमा विक्री गर्न साथमा लिई हिँडिरहेको अवस्थामा फेला पारी उक्त वस्तु सहित उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन,२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *