‘भारतीय सञ्चारमाध्यमबाट पत्रकार आचारसंहिता उल्लघंन’

२८ असार, काठमाडाैं ।

केही भारतीय सञ्चारमाध्यम (टेलिभिजन) ले नेपाल सरकार र सरकार प्रमुखको सम्बन्धमा निरन्तर भ्रामक, अतिरञ्जित, अपुष्ट, चरित्रहत्या केन्द्रित सामग्री प्रसारण गरिरहेको भन्दै प्रेस काउन्सिल नेपालले विराेध जनाएकाे छ ।

नेपालका प्रधानमन्त्री र चीनका राजदूतको विषयमा भ्रामक, असन्तुलित लगायत अन्य विषयमा पनि भारतीय टिभी च्यानलले आपत्तिजनक सामग्री प्रशारण गरेकोप्रति प्रेस काउन्सिल नेपालले असन्तुष्टि जनाएको छ ।

नेपाल सरकार र सरकार प्रमुखको सम्बन्धमा भारतीय सञ्चारमाध्यमबाट पत्रकार आचारसंहिता उल्लघंन भइरहेकोबारे प्रेस काउन्सिल नेपालले असार २६ गते प्रेस काउन्सिल अफ इण्डियालाई आवश्यक कार्यार्थ सहजीकरणको लागि पत्राचार गरिएको छ ।

पत्राचार गरिएको व्यहोरा आवश्यक कार्यार्थ परराष्ट्र मन्त्रालय, सञ्चार मन्त्रालयसमेतलाई पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *