अमेरिकामा नेपालभाषाकाे कक्षा सञ्चालन

नेवाः सुचना केन्द्र
३० असार, काठमाडाैं ।

अमेरिकामा गत शनिबारदेखि नेपालभाषा कक्षा सञ्चालन भएकाे छ ।

नेवाः अर्गनाइजेसन अफ अमेरिका फ्लोरिडा शाखाकाे अायाेजनामा उक्त कक्षा सञ्चालन भएकाे हाे ।

शिकागो निवासी वर्ल्ड नेवार अर्गनाइजेसन, अमेरिका शाखाको नेपालभाषा र साहित्यका डिभिजन डाइरेक्टर कथाकार केशरमान ताम्राकारले हरेक हप्ताको शनिबार नेपालभाषा सिकाउने जिम्मा लिएकाे बताए ।

उनका अनुसार, फ्लोरिडामा बस्दै आएका ६ देखि ३२ वर्षसम्मका २६ जना नेवारहरुलाई नेपालभाषा सिकाउने उद्देश्यले अनलाइनबाट उक्त कक्षा सञ्चालन भएकाे हाे ।

नेवाः परम्पराअनुसार संस्थाका अध्यक्ष डा. राजेन्द्र शाक्यले पानसमा बत्ति बाली सुरुवात गरेकाे उक्त कक्षा हरेक हप्ताकाे शनिबार अनलाइनमार्फत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *