सांसद उज्यालाे कार्यक्रममार्फत पार्क तथा विभिन्न स्थानमा बत्ति जडान

३० असार, काठमाडाैं ।

काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरपालिका वडा नं. १५ बिष्णुमति लिंकरोडकाे पार्कमा बत्ती जडान भएकाे छ ।

सांसद उज्यालाे कार्यक्रममार्फत पार्क तथा विभिन्न स्थानमा प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठकाे सांसद काेषबाट बत्ति जडान कार्य धमाधम भइरहेकाे छ ।

श्रेष्ठबाट बिभिन्न स्थानमा जडित बत्तिकाे अवलाेकन गर्नेक्रममा मंगलबार बिष्णुमती खाेला किनारामा रहेकाे धुमाखेल र लखतिर्थ पार्कमा जडित बत्तीकाे अवलाेकन एवं निरीक्षण कार्य भएकाे छ । निरीक्षणमा १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेल, वडा सदस्य मैयाँ लक्ष्मी महर्जन लगायत स्थानीयको उपस्थिति थियाे ।

श्रेष्ठकाे काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा न.१५ को चमतीको जेष्ठ नागरिक पार्क तथा परम्परागत शैलीको फल्चा, बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीज निर्माण कार्य भइरहकाे छ ।

त्यस्तै कामपा वडा नं १३ को रबिभबनकाे तलपट्टि मनमती खोलामा रिटेनिङवाल, ताहाचल चुली मय्जु अजिमा देबि मन्दिर परिसर र पार्क निर्माण कार्यहरू तीब्र गतिमा भइरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *