नेपालभाषा गीतकाे अडियो च्यानल शुभारम्भ

अबदेखि २४ सै घन्टा लगातार नेपालभाषाका गीत सुन्न पाउने भएको छ । लगातार नेपालभाषाका गीत सुन्न मिल्ने अडियो च्यानल संचालन भएको छ ।

जनकवि दुर्गालाल श्रेष्ठको जन्मदिनको अवसरमा वरिष्ठ गायक जुजुकाजी रञ्जितले बिहिबार उद्घाटन गरेका थिए । उक्त च्यानलको प्रसारण शुभारम्भ कार्यक्रममा जनकवि श्रेष्ठले अनलाइनमार्फत कार्यक्रममा सहभागिता जनाएका थिए । उनले च्यानलको उत्तरोत्तर प्रगतिको कामनासहित सधै अविरल संचालनका लागि शुभकामना व्यक्त गरे ।

काठमाडौंको एएनजे स्टुडियोका सङ्गीतकारहरु आभाष जोशी र जीनु जोशीले बटम क्लिक गरेर उक्त च्यानलमा गीत प्रशारण आरम्भ गरेका थिए ।

रमेश जोशीले संयोजन गरेको उक्त च्यानल www.newamey.com बाट दिनरात अविरल गीत सुन्न पाइने भएको छ । उक्त च्यानल सञ्चलानार्थ बिद्यासागर प्रधान (अमेरिका) र उज्ज्वल कुमार जोशी (जर्मनी) ले सहयोग गरेका छने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *