‘एनओसी’का उपाध्यक्ष राजवैद्यलाई कार्यकारी निर्देशकको थप जिम्मेवारी

७ साउन, काठमाडाैं

नेपाल ओलम्पिक कमिटी (एनओसी)को उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई कार्यकारी निर्देशकको थप जिम्मेवारी दिइएको छ ।

एनओसीको विधान दफा ९ को उपदफा ३७ अनुसार उपाध्यक्ष राजवैद्यलाइ कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । यो संगै उनले एनओसीमा रहेर दैनिक गतिविधीहरु सञ्चालन गर्ने जिम्मेवारी समेत पाएका छन ।

एनओसीका अध्यक्ष तथा प्रतिनिधी सभाका सदस्य जिवनराम श्रेष्ठले एनओसी भवनमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष राजवैद्यलाई कार्यकारी निर्देशकको पत्र हस्तान्तरण गरेका छन । सो अवसरमा उनले एनओसीकै इतिहासमा पहिलो पटक राजवैद्य जस्तो व्यक्तित्व कार्यकारी निर्देशकका रुपमा पाएको बताए ।

कार्यकारी निर्देशकको जिम्मेवारी पाएका राजवैद्यले सन १९८५ मा नै एमविएको अध्ययन समेत पुरा गरेका छन भने उनले टेवल टेनिस डव्लस स्पर्धामा तिन पटकका राष्ट्रिय च्याम्पियन समेत हुन । राष्ट्रिय टेवल टेनिस सिंगल्स तेश्रो भएका उनले अल नेपाल इन्टर कलेज टेवल टेनिसका च्याम्पियन समेत हुन । उनी २०४६ सालमा टेवल टेनिस संघको कार्यसमिती सदस्य र कोषाध्यक्षको जिम्मेवारीमा समेत रहीसकेका छन ।

विसं. २०६३ मा नेपाल टेवल टेनिस संघको अध्यक्ष रहेका राजवैद्य दुई पटक निर्वाचित हुँदै त्यसको नेतृत्व सम्हालिसकेका छन । सन २०११ देखि २०१५ सम्म एनओसीको सदस्य पदमा निर्वाचित उनले सन २०१९ देखि एनओसीको उपाध्यक्ष पदमा आशिन रहेका छन । उनी विगत ३२ वर्ष देखि एशिया प्यासिफिक ट्रेड कन्सर्नको कार्यकारी निर्देशकको रुपमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *