७ साउन, काठमाडाैं ।
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुधबार काठमाठौँ महानगरपालिका वडा–१८ मा निर्माण भएको पुष्पलाल स्मृति पार्कको पार्ककाे उद्घाटन गरेका छन् ।
पुष्पलाल स्मृति केन्द्रका अध्यक्ष एवम् कामपा १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनको नेतृत्वमा पुष्पलाल पार्क निर्माण भएकाे हाे ।
प्रदेश सभा सदस्य वसन्त मानन्धरको नेतृत्वमा बागमती प्रदेश सरकार द्वारा बिनियोजित बजेटबाट उक्त पार्क स्तरोन्नती गरिएको हो ।