सिहदरबार मुख्य प्रवेश द्वारको सफाइ

ढोकाको माथिल्लो भागको झार उखेल्न ल्याडर प्रयोग गरिएको थिथो भने जेटको प्रयोग गरेर पखालिएको थियो


९ साउन, काठमाडाैं ।

काठमाडौं महानगरले सिंहदरबार प्रवेश गर्ने मुख्य द्वारको सरसफाइ गरेको छ ।

देशकै मुख्य प्रशासनिक सचिवालय प्रवेश गर्ने मुल ढोकाको माथिल्लो भागमा झार पलाएको, भुइँमा लेउ लागेकोले सरसफाइ गरिएको हो ।

ढोकाको माथिल्लो भागको सफाइका लागि शुरुवातमा डबल एक्स्टेन्सन ल्याडर (ग्राउन्ड ल्याडर) प्रयोग गरिएको थियो ।

त्यो भर्याङ्बाट ढोकाको शिरसम्म पुग्न नसकिने र सुरक्षित नभएकोले दकमलबाट एरियल (टर्नटेबल) ल्याडर मगाएर माथिल्लो भागमा पलाएको झार उखेलिएको थियो ।

ढोकाको बाहिरपट्टिको खाली जमिनमा बिछ्याइएका इटामाथि लेउ लागेर चिप्लो भएको थियो भने झार पलाएर ढोकाका आकर्षण घटेको थियो ।

वातावरण व्यवस्थापन बिभाग करीब ४० जना जनशक्ति खटाएर भुइँको लेउ खुर्किने, झार उखेल्ने, सतह ढल र मंगाल सफाइ गरिएको थियो ।

सरसफाइपछि संकलित फोहोर ट्रान्सफर स्टेशन पठाइएको थियो भने जेटको प्रयोग गरेर पखालिएको थियो ।

तस्बिरसाैजन्य : चन्द्रमणी भट्टराइ

बिहीबार दिउँसो काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र सह–सचिव राजेश्वर ज्ञवाली भन्द्रकालीबाट सिंहदरबारको मुल गेट हुँदै कामको शिलसिलामा पुल्चोक जादैँ गर्दा सिंहदरबारको मूल गेटनै झारले ढम्म ढाकेको र भूँईभरी लेउ देखेपछि आज नगरपालिकाका टोलीलाई सरसफाइ गराइएको हो ।

‘देशकै मुख्य प्रशासनिक केन्द्र प्रवेश गर्ने मुल ढोकामा पलाएको झार र भुइँमा देखिएको लेउ सफा गर्दा त्यहाँको स्वरुप नै फेरियो,’ ज्ञवालीले भने, ‘काठमाडौं महानगरपालिकाले केही समय अघि सिंहदरबार नजिकै माइतिघर मण्डलामा ‘रात्रिकालिन सहरी सौदर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि ‘एलइडी कलर पाइप लाइट’ जडान गरेको थियो । त्यसपछि त्यहाँको सध्याकालिन दृष्य अहिले मनोमोहक देखिएको छ ।’

ज्ञवालीले सहरको सौदर्य बढाउने हो भने यस्ता सामान्य कुरामा पनि ध्यान दिनुपर्ने बताउँदै उक्त कार्य एउटा उदाहरण मात्रै हो र काठमाडौंलाई बिश्वस्तरीय ठूला सहरजस्तै आकर्षक देखाउनका लागि आगामी दिनमा बढी चहलपहल हुने, सार्वजनिक स्थल, धार्मिक तथा पर्यटकीय स्थल र सम्पदासूचिमा सूचिकृत स्थानहरुमा पनि सरसफाई अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *