काठमाडौं उपत्यकासहित २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा जोर बिजोर प्रणाली लागु

काठमाडौं । सरकारले साउन २२ बिहिबारदेखि कोरोना भाइरसको जोखिम बढेको भन्दै जोरविजोर प्रणाली लागू गरेको छ। 

गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको पनि जनाएको छ ।

काठमाडौं उपत्यका सहित २ सयभन्दा बढी कोरोना संक्रमित भएको जिल्लामा जोरविजोर प्रणाली लगाउने निर्णय गरेको हो।

मन्त्रायलका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तीमा उपत्यका प्रवेश गर्ने अत्यावश्यकभन्दा बाहेकका  सवारी साधनलाई बेलुका ७ बजेदखि विहान ७ बजेसम्म रोक लगाउने निर्णयलाई प्रभावकारी बनाउने निर्णय गरिएको उल्लेख छ।

सरकारले गत असार २६ असारबाट निजी सवारी साधनको जोरविजोर हटाएको थियो र उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र लागु हुनेगरी सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । तर कोरोना भाइरसको संक्रमण वढ्दै गएपछि सरकारले पुन जोरविजोर प्रणाली लागु गरेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *