जनताको घर प्रहरी–प्रशासनबाट भत्काइयो

काठमाडाैं । उपत्यका सडक विस्तार पिडित संघर्ष समितिले गैरन्यायिक सडक विस्तार विरुद्ध बालाजु बाइपासमा धर्ना कार्यक्रम भएको छ । धर्नामा ‘झीगु छेँ झीगु अस्तित्व’ (हाम्रो घर हाम्रो अस्तित्व) भन्ने नारासहितको ब्यानर र कालो झण्डा प्रदर्शन गरिएको थियो ।

उक्त क्षेत्रमा गाइजात्राको बेला पारेर स्थनीयहरुको घर डोजर लगाएर भत्काएका थिए । बालाजु बाइपास क्षेत्रमा गैर न्यायिक सडक विस्तारको क्रममा अवरोध जनाएको भन्दै लाठीचार्ज तथा धरपकड गरेका थिए ।

मंगलबार डोजर ल्याएर बाइपास क्षेत्रमा घर भत्काइ रहेको बेला स्थानीयले विरोध जनाएका थिए । प्रहरी प्रशासनले विरोध गर्नेहरुलाई लाठीचार्ज समेत गरेर केहीलाई गिरफ्तार गरेका थिए ।

प्रक्राउ पर्नेमा संघर्ष समितिका अध्यक्ष सुमन सायमी सहित बिरोचन श्रेष्ठ, डा। भगवान दास मानन्धर, रबिन्द्र कुमार श्रेष्ठ, भिमदेव श्रेष्ठ, मिन बहादुर श्रेष्ठ , मनोज श्रेष्ठ, मुकुन्द सिलवाल, रूझी श्रेष्ठ र महेश्वर मानन्धर थिए भने दर्जनौंभन्दा बढी घाइते भएका थिए ।

बिनाकारण समाउन पाउँदैन, गिरफ्तार परेकालाई तुरुन्त रिहा गर भन्न गएका दुइजनालाई समेत गिरफ्तार गरेका थिए भने गिरफ्तार पर्नेहरुले चौकीभित्र नै अनसन बसेर गैरन्यायिक सडक विस्तार र विनापुर्जि गिरफ्तार गरेकोमा विरोध जनाएका थिए ।

गैरन्यायिक सडक विस्तारको क्रममा घर भत्काएको र बिनाकारण प्रकाउ गरेकोविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक भएलगत्तै गिरफ्तारीमा परेका सबैलाई बुधबार विहान रिहा गरेका थिए । तर, बुधबार राती फेरी पाँचवटा डोजर ल्याई पुलिस प्रशासनले उक्तस्थानको दुइवटा घर मैदान हुनेगरी भत्काएको छ ।

स्थानीयवासी र संघर्ष समितिका कार्यकर्ताहरुले बालाजु क्षेत्रमा जुलुससहित सडकमा धर्नासमेत बसेका थिए । खोलाकिनारामा अबैध तरिकाले बसेकाहरुलाई ६–६ आना जग्गा दिने कुरा सरकारले गरिरहँदा उपत्यकाबासीको भने घर भत्काउने कार्यको विरोध जनाउँदै संघर्ष समितिले उपत्यकाबासीलाई विस्थापित गर्ने कार्यमा राज्य अझैपनि सक्रिय भइरहेको दोष दिएको छ ।

२०७० सालमा सडक विस्तारको नाममा उक्त क्षेत्रको ४६ घर भत्काइएका थिए । सर्वौच्च अडालतको नियमावली २०४९ को नियम ५२ बामोजिम उक्त स्थानको घर भत्काउने वा नभत्काउने टुंगो नलागेसम्म स्थानीयको घरआँगनमा प्रवेश नगर्नु, अनाधिकृत कब्जा नगर्न र भत्काउने जस्ता काम नगर्न अन्तरिम आदेश जारी गरिएको थियो ।

संचारमाध्यम मार्फत बालाजु प्रहरीका नायव उपनिरीक्षक रंजित सिं राठौरले मानिस नबसेका तीनवटा घर र केही भग्नावेशेष सफा गराएको हो अरु केहि पनि नगरेको भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *