पीसीआर भनेको औषधी होइन : प्रमुख विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमण बढिरहेको यो अवस्थामा हामी आफै सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना नियन्त्रण गर्न सकिने बताएका छन् ।

काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मास्क लगाउनु आफू सुरक्षित हुनलाई मात्र होइन, अरुलाई सुरक्षित गर्नलाई पनि हो । यो अवस्थामा हामी यसरी नै सुरक्षित हुनु पर्छ । हामी आफै सुरक्षित नहुने हो भने सरकारले चाहेर पनि कोराना संक्रमणलाई नियन्त्रण गर्न सकिँदैन ।’

हिजो कोरोना संक्रमण फैलिएको बेला काठमाडौं महानगरपालिकाले जो जहाँ बसेको छ त्यो त्यहीं सुरक्षित बस्नहोला भनेर आग्रह गर्दा आफूहरूलाई उपत्यका भित्र छिर्न दिएन भनी आलोचना गरेको प्रसङ्ग उल्लेख गर्दै प्रमुख शाक्यले भने, ‘त्यतिबेला भित्र आउन दिएन भनी हाम्रो आलोचना भयो ।’

‘पछिल्लो समय धेरै मान्छेहरू उपत्यका छिर्न थालेपछि थप समस्या आयो। भित्र आए पछि कोरोना झन् फैलियो’, मेयर शाक्यले भने, ‘सरकारले जे गर्दा पनि सडकमा जुलुस आइहाल्छ । तर जुलुस निकाल्दैमा कोरोना भाग्ने त होइन । ढोकाढोकामा पुग्न सक्छ । जुलुस निस्क्यो भने जुलुस सँगसँगै कोरोना पनि निस्कन सक्छ भनेर हामी सचेत हुनुपर्छ ।’

अहिले कोरोना फैलिएकोले पीसीआर परीक्षण व्यापक गर्नुप¥यो भनी आवाज उठिरहेकोमा पनि टिप्पणी गर्दै मेयर शाक्यले पीसीआर परीक्षण नै रोगको उपचार नभएको स्पष्ट पार्नुभयो । शाक्यले अझ स्पष्ट पारे, ‘हामीले बुझ्नु पर्छ, पीसीआर भनेको औषधी होइन । जस्तो हामी ब्लड प्रेसर नाप्न जान्छौँ । बिहान नापेको ब्लड प्रेसर दिउँसो अर्कै भइसकेको हुन्छ । त्यस्तै सुगर जाँच पनि बिहान र बेलुकी नै फरक परिसक्छ । पीसीआर पनि त्यस्तै हो । यसले अहिले तत्कालको अवस्था मात्रै बताउने हो । पीसीआर गराउनु प¥यो भनेर अनसन बसेर आफै हुलमुल गरिरहेका छन् । हुलमुल भए पछि कोरोना आफै बढेर जान्छ ।’

पीसीआर परीक्षणबाट हाम्रो पैसा विदेश गइरहेको तर्फबाट पनि उनले सचेत गराए, ‘पीसीआर गर्दा प्रति व्यक्ति दश हजार जति खर्च पर्न आउँछ । पीसीआर गर्दा चाहिने जम्मै सामान विदेशबाट ल्याउनु पर्छ । यसबाट हाम्रो पैसा बाहिर गयो । फेरि पीसीआर गर्दैमा रोग नलाग्ने पनि होइन । अहिले यहाँ पीसीआर गरेर हामी कतै गयौँ भनेर त्यहाँ कुनै संक्रमित भेटिए फेरि कोरोना सरि नै सकेको हुन सक्छ ।’

काठमाडौं महानगरपालिका वडा नम्बर २५ को श्रीघःस्थित धर्मकीर्ति विहारमा बौद्ध परियति शिक्षाका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै शाक्यले कामपाले विभिन्न थेरवादी तथा वज्रयानी विहारहरू निर्माण गर्न आवश्यक सहयोग पु¥याउँदै आएको स्मरण गराए ।

मेयर शाक्यले काठमाडौं नगरभित्र अवस्थित बुद्ध विहारको मुल भवन, लुम्बिनीको वज्रयान महाविहार, जनबहाल ९सेतो मत्स्येन्द्रनाथ०को दिगीछेँ, स्वयम्भूस्थित भजनघरसँगैको विहार, स्वयम्भूस्थित आनन्दकुटी विहार, किम्डोलस्थित आनन्दभुवन विहार, वानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र निर्माण गर्न सहयोग गरिरहेको जानकारी पनि दिए । काठमाडौं महानगरपालिकाले उक्त विहारलाई वौद्ध परियति शिक्षाकाका लाग पाँच लाख सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *