काठमाडाैं । बुंगमति खोकनाको फास्टट्रायकले आदिवासी समुदायलाई विस्थापित गर्न खोजेकोले आरोप सरकारलाई लगाएको छ ।
खोकनामा फास्टट्रायकको विरोधमा भएको एक अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारले खोकनामा फास्टट्रायकको नाममा हजारौं रोपनी उर्वरा भूमि अन्यायपूर्ण तरिकाले अधिग्रहण गरेको नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष पवनमान श्रेष्ठले प्रस्तुत गरेको अवधारणा पत्रमा उल्लेख गरिएको छ ।
उक्त अवधारणा पत्रमा बुंगमति र खोकनाको ऐतिहासिक सम्पदा र संस्कृतिको विनास हुने गरी गरिएको भूमि अधिग्रहणलाई आदिवासीविरुद्धको गंभीर अपराधको संज्ञा दिइएको छ ।
साथै आउटर रिंगरोड, स्मार्टसिटी जस्ता योजनाले आदिवासीहरुको पहिचान नै निमित्यान्न पार्न खोजेको भन्दै यसविरुद्ध संघर्ष नै गर्नुपर्ने उक्त पत्रमा भनिएको छ ।
नेवार समुदायको मुक्तिको लागि नेवाः राज्य नै चाहिने र आदिवासी नेवारको स्वायत्तता र स्वशासनको विकल्प नभएको उक्त पत्रमा उल्लेख गरिएको छ ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको आयोजनामा शनिबार सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा सम्पूर्ण राष्ट्रबादी न्यायप्रेमि जनताहरु एकजुट भएर आदिवासी जनजातिलाई दमनकोविरुद्ध बुलन्द आवाज राख्नु पर्ने अधिकांश वक्ताहरुको भनाई रहेको छ ।
वक्ताहरुले नेवार समुदायको भूमिमा कुनै पनि विकास निर्माणका कार्य नेवार समुदायको हित र स्वीकृतिविना गर्न पाइन्दैन र जबरजस्ती जमिन अधिग्रहण गरी स्थानीय नेवार समुदायलाई सिध्याउन खोजेको भनि आफ्नो अभिमत राखेका थिए ।
मोर्चाका सचिव श्रीकृष्ण सुलुले संचालन गरेको उक्त अन्तरक्रिया कार्यक्रमका मुख्य अथितिका रुपमा सि.पि. गजुरेल, अथितिका रुपमा डा। महेश मान श्रेष्ठ, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा। ओम गुरुङ, जनसरोकार समिति खोनाका कोषाध्यक्ष नरेश महर्जनको उपस्थिति थियो ।
नेवाः सूचना केन्द्र