२० वडा भिमसेनस्थानकी एक वृद्धाकाे कोरोनाबाट मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका २० वडा भिमसेनस्थानकी एक वृद्धाकाे कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

बुधबार अस्पतालमा उपचारकोक्रममा मृत्यु भएका उनीलाई कोरोना संक्रमण भएको कामपा जनस्वास्थ्य विभागलबाट पुष्टि भएको छ ।

कोरोनाबाट मृत्यु भएकी ६६ वर्षीया वृद्धाको घर भिमसेनस्थानबाट लाखेननि जाने गल्लीमा अवस्थित छ । दम रोग भएकी, पहिला टिबी रोग पनि लागिसकेकी, उनीलाई सासप्रस्वासमा समस्या भएकोले अस्पताल लगेको थियो ।
अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा उनीलाई कोरोना संक्रमणको पुष्टि भएको हो । उनको अन्तिम संस्कार बुधबार नै भइसकेको छ ।

कामपा महानगरपालिका जनस्वास्थ्य विभागले उनको घर परिवारसँग सम्पर्कमा आउनेहरुको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने जानकारी दिए । काठमडौंमा निषेधाज्ञा जारी गरेकोले घरलाई सिल नगरी घर परिवारलाई घरबाट बाहिर ननिस्कन भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *