काठमाडौं महानगर क्षेत्रमा कोरोना जित्नेको सख्या १८८

गएको २४ घण्टामा काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ संक्रमित थपिए सहित

काठमाडौं । काठमाडौं महानगर क्षेत्रमा भेटिएका १ हजार ५३७ कोरोना संक्रमितमध्ये भदौ ५ गतेसम्ममा १८८ जना निको भएर फर्किएका छन् ।

यो प्राररम्भिक तथ्याङ्क हो । बरिष्ट कविराज निरीक्षक ज्ञानबहादुर ओलीले भने, ‘भदौ ५ गते थपिएका महानगर क्षेत्रमा १२६ जना संक्रमित थपिनुभयो भने १८८ जना निको भएका घर फर्किनुभयो । संक्रमित निको भएको खवर न बिरामीबाट आउँछ, न अस्पतालबाट नै । यसकारण कति बिरामी निको हुनुभयो भन्ने एकिन छैन । अब यो विवरण अद्यावधिक गर्दैछौं ।’

उनले भने, ‘२८७ जनाले अस्पतालमा उपचार गराइ रहनु भएको छ भने ३६२ होम आइसोलेसनमा रहनुभएको खबर छ । यो छिनछिनमा परिवर्तन भइरहने खालको अङ्क हो । मृत्यु हुनेको संख्या भने ८ पुगेको छ ।’

साउन ३२ गते ९५५ जना संक्रमित भएको महानगरमा भदौ १ गते ११३ जना, २ गते १२७ जना, ३ गते १०५ जना, ४ गते १११ जना, ५ गते १२६ जना र ६ गते ६९ जना थपिएपछि कुल संक्रमितको संख्या १ हजार ६०६ पुगेको हो । यो विवरण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखालाई उपलब्ध गराएको हो ।



भदौ ७ गते मध्यान्नसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्ने समयसम्ममा बिश्वभर कोभिडबाट संक्रमित हुनेको संख्या २ करोड ३४ लाख १ हजार ३ पुगेको छ । जसमध्ये १ करोड ५९ लाख ३४ हजार ६०८ जना निको भएर घर फर्किनु भएको छ भने ८ लाख ८ हजार ९८७ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जना संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *