काठमाडौं । प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठले प्रख्यात चित्रकार प्रेममान चित्रकारको असामयिक निधन प्रती समवेदना प्रकट गरेका छन् । श्रेष्ठले स्व. चित्रकारको घरमा पुगेर परिवारलाई भेटि समवेदना पत्र हस्तान्तरण गरेका हुन्।
स्व. चित्रकार नेपालको परम्परागत चित्रकालाको क्षेत्रमा प्रख्यात सिद्वहस्त चित्रकार र नेपाल भाषा, नेवार जाती र संस्कृतिको संरक्षण र सम्वर्द्धनको लागि सकृय भएर लागि रहेका थिए । प्रतिनिधि सभा सदस्य श्रेष्ठले स्व. चित्रकारकी पत्नी बिद्या चित्रकारलाई समवेदना पत्र हस्तान्तरण गरेका थिए।
चित्रकारको श्रावन ३२ गते आइतबार नेसनल हस्पिटलमा उनको निधन भएको थियो। २०६७ सालदेखि नै प्रेममान दमका रोगी थिए। उपचारकै क्रममा उनी अस्पताल धाइरहन्थे।
प्रेममान नेपालकै मंहगा पौभाः चित्रकारमध्येका हुन्। उनको चित्र ४२ लाखसम्ममा पनि बिक्री भएको थियो।

