एजेन्सी । भारतीय सरकारले २ हजारकाे नाेट छपाइमा कटाैती गरेका छन् ।
भारतीय सरकारी बैंकद्वारा आफ्नो कर्मचारीहरुलाई २ हजारको नोट ग्राहकहरुलाई नदिन निर्देशन जारी गरिसकका छन् । साथै एटिएममा २ हजारको नोट नराख्न पनि भनिएको छ ।
एक रिपार्टअनुसार बैंक कर्मचारीहरुलाई इमेलमार्फत २ हजारको नोट ग्राहकहरुलाई नदिन र एटिएममा पनि नभर्न भनिएको छ । २ हजारको नोट भने बैंकबाट लिन भनिएको छ ।
रिर्पोटकाअनुसार बैंक कर्मचारीहरुलाई ५००, २०० र १०० को नोट धेरै प्रयोगमा ल्याउन आदेश दिएको छ । आदेशअनुसार १ सयको नोटको सप्लाई पनि बढाइको छ ।
केहि दिन अगाडि भारतको नेशनल क्राइम रिकर्ड ब्यूरोले नक्कली २ हजारको नोटको बजारमा बाढी नै आउनसक्ने भनेका थिए । जाली नोटलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको आंकलन गरिएको छ ।
आरबीआईको रिपोर्टअनुसार सन् २०१९÷२०मा २ हजारको नोट छपाई भएको छैन । साथै यस नोटको सप्लाईमा पनि कटौति गरिएको छ । तर, योसँगै ५ सयको नोटको छपाई र सप्लाई दुइटैमा उलेख्य रुममा बृद्धि गरिएको छ । गत
आर्थिक वर्ष १४६३ करोड प्रति ५ सयको नोट छापिएको थियो ।