हर्ड इम्युनिटी : जब ७० प्रतिशत जनसंख्यामा भाइसरविरुद्ध प्रतिरोधात्मक क्षमता आउनेछ, तब स्वत भाइरस समाप्त हुनेछ

हर्ड भनेको मानिसको हुल, इम्युनिटी भनेको रोग प्रतिरोधात्मक क्षमता हो । जब कुनैपनि रोगविरुद्ध धेरै मानिसहरुमा उक्त रोगको प्रतिरोधात्मक क्षमता विकास भयो भने तब हर्ड इम्युनिटीको विकास भएको मानिन्छ ।

काेराेना भाइरसले गर्दा सबैभन्दा चर्चाकाे शब्द इम्युनिटीकाे छ । जबसम्म काेराेना भाइरसकाे खाेप तयार हुन्दैन तवसम्म हामीले अाफ्नाे इम्युनिटी पावर बलियाे बनाइराख्नु पर्नेछ ।

हर्ड इम्युनिटी भनेकाे कुनै एउटा समुदाय वा क्षेत्रमा ७० प्रतिशत जनसंख्यामा कुनैप्रकारकाे भाइरससँग लड्न शरीरमा प्रतिराेधात्मक शक्ति बढाउनु हाे ।

जब हामी कुनैपनि भाइरसको सम्पर्कमा आउँछ भने हाम्रो शरीरले रगत र टिस्यूमा एन्टिबडि बनाउन थाल्छ । यी एन्टिबडि एक प्रकारको प्रोटिनजस्तै हुन्छ जसले भाइरसलाई फैलनबाट रोक्छ ।

डाक्टरका अनुसार जब ६० देखि ७० प्रतिशत कुनै एकै प्रकारको रोग लाग्यो भने त्यो समाजका मानिसहरुमा हर्ड इम्युनिटीको विकास हुन्छ । हर्ड इम्युनिटीको विकासपश्चात उक्त रोगसँग लड्न सक्ने इम्युन सिस्टम शरीरमा विकास हुन्छ । बाँकी ३० देखि ४० प्रतिशत समाजका मानिसहरु त्यसै सुरक्षित हुन्छ ।

कुनैपनि भाइरसलाइ जिउँदाे रहन एउटा शरीरकाे खाँचाे पर्छ । डाक्टर वा वैज्ञानिककाे भाषामा भन्ने हाे भने भाइरसलाइ एउटा नयाँ हाेस्ट चाहिन्छ । भाइरसले कमजाेर इम्युन भएकाे शरीर खाेज्दछ । कमजाेर इम्युन भएकाे मानिस फेला पार्याे की उसलाइ भाइरसले संक्रमित बनाउँछ । यदी धेरैजसाे मानिसहरूमा इम्युन पावर बढि भएमा भाइरसलाइ मानव शरीर पाउने छैन र केही समयपश्चात भाइरस अाफै नस्ट हुनेछ ।

हर्ड इम्युनिटी भाइरसको चक्रलाई टुक्रा पार्छ । यसले भाइरस फैलन नदिन मद्दत गर्छ । एउटा समाजमा हर्ड इम्यूनिटी सिर्जना भयो भने जसको इम्युनिटी पावर कमजोर हुन्छ उसको पनि सुरक्षा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *