रासायनिक विषादीका असरहरू तथा व्यवस्थापन

हाम्रो देश नेपालमा जुन गतिले कृषि उत्पादनलाई बढाउने प्रयास भइरहेको छ त्यति नै गतिमा विषादीको प्रयोग भइरहेको देखिन्छ ।
कृषि उत्पादलाई बढाउने प्रयास त राम्रो हो तर भविष्यलाई नहेरी कन अन्धाधुन्ध विषादीको प्रयोग गर्नु चाहि आफनो खुट्टामा आफै बन्चरो हान्नु जस्तो भइरहेको छ । विषादीको प्रयोग दिन प्रतिदिन हाम्रो दैनिक जीवनमा बढ्दै गइरहेको देखिन्छ ।

हामी विषादीको प्रयोग विभिन्न रूपमा गर्ने गर्छौं । किसानहरू बालीमा लागेका किरा मार्न,रोग लागेको अवस्थामा त्यसलाई निको पार्न, फूल नलागेको खण्डमा फलफूल ल्याउन, फलफूल तथा तरकारी बालीमा चम्किलोपन ल्याउन, ठूलो कृषि फारम तथा कृषि उत्पादनमा संलग्न किसानहरू तरकारी बालीमा विषादीको प्रयोग गर्ने गर्छन् ।

हामी भारत तथा टाढा बजार ल्याइएको तरकारी खान्छौं तर हामीलाई थाहा छैन कि यो कहाँबाट उत्पादन गरेको तरकारी हो ? र, त्यो खानु भनेको विष खानु सरह हुन्छ ।

हाम्रो देश नेपालमा सर्वप्रथम विषादी सन् १९५२ मा मलेरिया रोग नियन्त्रणको लागि भित्राइएको थियो । त्यसपछिका वर्षहरूमा विषादीको प्रयोग कृषि क्षेत्रमापनि आरम्भ भयो । नेपालमा अरू देशको तुलनामा विषादीको खपत निकै कम (३९६ ग्रामहेक्टर) भने छ । त्यस मध्ये ८५ प्रतिशत भन्दा बढी विषादी तरकारी बालीमा प्रयोग भइरहेको देखिन्छ । आ.व. २०७४/७५ को तथ्याङ्क हेर्ने हो भने देशमा ५७४ टन विषादी आयात भएको र करिब ६९ करोड रूपैया खर्च भएको छ ।

यति त भन्सारको करको तथ्याङ्क हेर्दा हो । बाँकी कति विषादी बिना भन्सारको आयात गरिएका छन्, त्यसको त कुनै लेखाजोखा नै छैन । हामी विषादीको प्रयोग गरेर एकतिर उत्पादन बढाइरहेका छौँ भने अर्कोतिर आफू आफ्नो परिवार, समाज तथा देशलाई रोगीको समूहमा धकेलिरहेका छौँ ।

यस्तै गतिमा रासायनिक विषादीको प्रयोग गर्दै जाने हो भने एक दिन यस्तो दिन पनि आउन सक्छ कि बालीनालीहरूलाई किराहरूको प्रकोपबाट बचाउन नै गाह्रो हुन्छ ।

यदि हामी लगातार रासायनिक विषादीहरूको भरमा पर्दै किरा तथा रोगहरू नियन्त्रण गर्छौँ र भौतिक, जैविक र एकीकृत किट व्यवस्थापन पद्धति अपनाउदैनौँ भने भविष्यमा किराहरूको प्रकोप हुनाले तिनलाई नियन्त्रण गर्न अति नै गाह्रो हुन्छ । लगातार विषादीको प्रयोग गर्दा तिनीहरूमा प्रतिरोधक क्षमताको विकास हुन्छ जसले गर्दा विषादीको असर तिनीहरू माथि गर्दैन र पर्यावरण भने दुषित हुन्छ । जसले गर्दा मानिसको स्वास्थ्यमा खतरनाक असर पर्छ ।

?विषादीको प्रयोग गर्दा देखापर्ने तत्कालीन असरहरूः

हामीले रासायनिक विषादीको प्रयोग दिन प्रतिदिन आफ्नो दैनिक जीवनमा बढाउदै गयौं भने सुरू–सुरूमा निद्रा नलाग्ने,नाकबाट सिंगान बगिरहने, आँखा रातो हुने र आँखाबाट अशु बग्ने, बढी र्याल चुहिने, नाक पोल्ने र धमिलो देख्ने तथा आँखाको भौँ फरफराउने, छाला चिलाउने, लरखराएर हिँड्ने, टाउको दुखने, छाती दुख्ने, गाह्रो हुने, होस् हराउने आदि जस्ता समस्याहरु तत्कालीन रूपमा उत्पन्न हुन्छन् ।

रासायनिक विषादीको प्रयोगले देखापर्ने दीर्घकालिक असरहरूः रासायनिक विषादीहरूको प्रयोगले देखा पर्ने दीर्घकालीन असरहरू अति नै खतरनाक र निको नहुने जस्तो रहेका छन् जस्तै :

? क्यान्सर, ट्यूमर जुन ज्यान लिन समय पर्खदैन
? श्वास—प्रश्वास सम्बन्धित रोगहरू जस्तै दम, क्षयरोग,सास फूल्ने
? रोग प्रतिरोधक क्षमतामा कमी हुन्छ र जसले गर्दा अरूरोगहरू पनि आक्रमण हुने गर्दछ ।
?शारीरिक विकासमा असर र जन्मजात अपाङ्गता, वंशानुगत परिवर्तन, कलेजो खराबी, प्रजनन क्षमतामा कमी वा बझोपन—नपुशंकताको समस्या
? मानसिक असंतुलन तथा एलर्जी हुने
? स्नायुजन्य र व्यावहारजन्य असरहरू (सुस्त मनस्थिति ) देखिने ।

रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर पर्नुको साथसाथै वातावरणमा पनि नराम्रो किसिमले असर परेको देखिन्छ जस्तै ः वातावरणमा विषचक्र, वायु प्रदूषण, जल प्रदूषण, माटो प्रदूषणको साथै जैविक विविधता लोप हुदै गएको देखिन्छ जसले गर्दा कृषि पर्यावरणमा पनि दुष्प्रभाव परेको देखिन्छ ।

त्यसको साथै किराको पुनरूत्थान हुने, हानिकारक कीराहरूमा विष पचाउने क्षमताको वृद्धि भएको देखिन्छ । यसको साथै खाद्यतत्वमा विषको अवशेष समेत रहेको देखिन्छ । लामो समयसम्म विषादीको प्रयोग बढ्दै जाँदा घरपालुवा तथा वन्यजन्तु पशुहरूमा दुष्प्रभाव तथा अन्य अलक्षित जीवहरूमा समेत दुष्प्रभाव पर्नुको साथै लाभदायक कीराहरूको जीवन समेत प्रभावित भएको देख्न सकिन्छ ।

रासायनिक विषादीको असरहरूले हाम्रो जीवनमा अत्यन्तै नराम्रो किसिमले प्रभाव परिरहेको देखिन्छ । जसले गर्दा तिनलाई व्यवस्थापन गर्न तथा असरहरू उत्पन्न हुन नदिन अति नै आवश्यक रहेको देखिन्छ । विषादीको प्रयोगले उत्पन्न हुने असरहरू व्यवस्थापनगर्न निम्न क्रियाकलापहरू अपनाउनुपर्ने आवश्यक देखिन्छ जस्तैः

✔ रोग प्रतिरोधक क्षमता भएको जात लगाउने,
✔ मित्र जीवहरूको संरक्षण गर्ने
✔ सकेसम्म रासायनिक विधिको सट्टामा भौतिक, जैविक तथा एकीकृत किट प्रबन्ध विधिको प्रयोग गर्ने ।
✔ मिश्रित खेती गर्ने
✔हरेक वर्ष फरक फरक जातका बाली लगाउने
✔रासायनिक विषादी प्रयोग गर्नै परेमा कृषि प्राविधिकको परामर्श लिइ विषादी प्रयोग गर्ने
✔सकेसम्म कम घातक विषादीको छनोट गर्ने जसको निम्ति रासायनिक विषादीको विषालुपनको संकेत (क्थmदय ि) प्रति ज्ञान हुनु पर्छ ।
✔रोग तथा कीराहरूको प्रकोप हुनबाट बचाउनको लागि मुख्य बालीको वारिपारि रक्षक बाली लगाउने ।
✔ हाम्रो देशमा ८० प्रतिशतसम्म रासायनिक विषादीको प्रयोग तरकारी बालीमा हुने भएकाले आर्गेनिक तरिकाले तरकारी उत्पादन गर्न प्राथमिकता दिनु पर्छ ।
✔विषादी प्रयोग गर्दा सुरक्षित पहिरानको प्रयोग गर्ने
✔एकीकृत किट व्यवस्थापनको विधि पहिल्याउनु अति आवश्यक छ
✔नीमको तेल तथा ब्शबमष्चबअतष्ल को प्रयोग गर्ने जसले गर्दा कीराहरूको खाने प्रति रूचि कम हुन्छ ।
✔सल्लाह आदि जस्ता कीराहरूको प्रकोप हुदा संकलन गरी नष्ट गर्ने
✔रोग तथा कीराहरूको अक्रमण हुनबाट जोगाउनको लागि चर्को घाम हुने बेलामा गहिरो जोताइ गर्ने तथा समुचित बाली चक्र अपनाउनुपर्छ ।

लेखक: कृषि विज्ञान संस्थान, काशी हिन्दू विश्वविद्यालयमा अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *