नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूको २६ औं वार्षिकोत्सव कोभिड १९को कारण मंगलबार जूम भर्चूलबाट सम्पन्न भएको छ ।
कार्यक्रममा आफ्नो मन्तब्य राख्नेक्रममा मुख्य अथिति मल्ल के सुन्दरले नेवाः भाषा र नेवाः संस्कारको संरक्षण र सम्बद्र्धन गरिरहेका नेवाःहरुको समस्याबारे सरोकारवालाहरुसँग सरसल्लाह गरी योजनाबद्ध तरिकाले अघि बढाउनु पर्नेमा जोड दिए ।
विशेष अथिति शताब्दी पुरुष सत्यमोहन जोशीले अब हुने राष्ट्रिय जनगणनामा आफ्नो भाषा नेपालभाषा, पुर्खा नेवाः लेखाएर नेवारहरुको सही लेखाजोखा दर्ता गराउनु पर्नेमा जोड दिए । नेवारहरुको पहिचान नेवार भाषा भएकोले भाषा नजानेकालाई नेवार हुनुको गौरव दिनसक्ने हिसाबले नेवारभाषा सिकाउने अभियान दबूले सुरु गर्नुपर्ने जोशीले बताए ।
कार्यक्रममा अध्यक्ष नरेश ताम्रकारले विज्ञहरुले दिएको सुझाव सल्लाहलाई कार्यान्वयन गर्ने बचन दिंदै आजैदेखि यसबारे थप सरसल्लाह अघि बढाउने जानकारी दिए ।
दबूका महासचिव माइला बाबु द्यःलाले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यलय सचिव राजन डंगोलले जूमको प्राविधिक पक्ष सम्हालेका थिए भने धरानका बालकृष्ण हलुवाइ, बाग्लुङका परशुराम श्रेष्ठ, बनेपाका ज्ञानकाजी मानन्धरलाई धरै भन्दा धेरै लेख तथा किताब प्रकाशन गरी नेपालभाषा साहित्य र संस्कृतिमा योगदानु पु¥याएकोमा प्रशंसा पत्र प्रदान गरिएको थियो ।