काठमाडौं : नेपाली कांग्रेसका काठमाडौं महानगरपालिका वडा नं.२१ का सभापति एवं रञ्तितकार समाजका उपाध्यक्ष गोविन्द रञ्जितकाे कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएको छ।
रञ्जितलाइ केही दिनअघि कोरोना संक्रमण भएपछि काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएकाे थियाे । भेन्टिलेटरमा राखेर उपचाररत ६७ वर्षीय रञ्जितको मंगलबार मृत्यु भएको हो। उनको कोरोना संक्रमणका कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ।
पारिवारिक सुत्रअनुसार रञ्जितलाइ छाेराबाट काेराेना संक्रमण भएकाे थियाे । उनका छाेरा केही दिनअघि मात्र विरगंजबाट फर्किएका हुन् । काेराेनाकाे संकेत देखापरेपछि उनकाे परीक्षण गरिएकाे थियाे । त्यसलगत्तै रञ्जितकाे परिक्षण गर्दा उनकाे पनि रिपार्ट पाेजिटिभ भएकाे थियाे । पाेजिटिभ भएतापनि घरैमा बसेर उपचार गरेहुन्छ भनी उनलाइ अस्पतालबाट घर फर्काइएकाे थियाे ।
गत निर्वाचनमा रञ्जित काठमाडाैं २१ बाट वडाध्यक्षको उम्मेदवार थिए। रञ्जित नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नं.२१ कार्यसमिति सभापति हुन्। काँग्रेस क्षेत्रीय सभापति उपेन्द्र कार्कीले निकै गाह्रो भएपछि भेन्टिलेटर राखेर उपचार गर्ने क्रममै उनको मृत्यु भएको बताए।