भैरहवाका आयूर्वेद आचार्यको दाबी : कोरोना निको पार्ने आयूर्वेद औषधी बन्यो

सरकारले मान्यता दिए कोरोना संक्रमितको मृत्यूदर घटाउन सक्ने दाबी

विश्वका विभिन्न देशहरुले कोरोना भाइरस विरुद्धको औषधीबारे अध्ययन गरिरहेको बेला रुपन्देहीमा एक जना जडीबुटीका अनुसन्धानकर्ताले कोरोना निको पार्ने आयुर्वेद औषधी तयार पारेको दाबी गरेका छन् ।

आयूर्वेद आचार्य विगत २९ वर्षदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका रुपन्देही भैरहवाका डा. बद्री गौतमले कोरोना भाइरसका लक्षणलाई निको पार्ने ‘अर्कबटी’ नामक आयूर्वेद औषधी तयार पारेको दाबी गरेका हुन्।

उनले कोरोना संक्रमित १ सय ५० जनाले उक्त औषधी सेवन गरेको मध्ये १ सय ३५ जनालाई निको भइसकेको जनाए । यसमध्ये बाँकी रहेकाहरुले पनि औषधी सेवन गरिरहेका छन्। नेपालमा पाईने ५ प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरि अर्कबटी नामक आयूर्वेद आषैधीको गोली तयार पारिएको गौतमले बताए ।

गौतमले चिनको बुहान प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरूको मृत्यू भएको खबर सुन्नसाथ जडिबुटीबाट आयूर्वेद औषधी निर्माणबारे अध्ययन थालेका थिए । २५ सय वर्ष पहिले ऋषि आत्रैयराज अत्रीले पत्ता लगाएको सुत्र अनुसार श्वासप्रश्वास र पाचन नलीमा आउने समस्यालाई निको पार्न प्रयोग गरिएको जडिबुटीलाई कोरोना विरुद्धको औषधी बन्ने सक्ने भन्दै त्यहि विधि अनुसार औषधी तयार पारिएको उनको भनाई छ । गौतमले व्यक्तिगत १५ लाख रुपैयाँ लगानी गरेर उक्त आयूर्वेद औषधी तयार पारेका हुन्।

‘फागुनमै मैले यो औषधी तयार पारेको थिएँ, सरकारी निकायलाई पनि आयूर्वेद औषधीका रुपमा प्रयोग गर्न सुझाए’ आयूर्वेद आचार्य गौतमले भने, ‘सरकारले यो औषधीबारे कुनै चासो लिएन ।’ शुरुमा कसैले पनि नपत्याएपछि भारतका केही स्थानमा कोरोना संक्रमितलाई वितरण गरेका थिए । त्यहाँबाट निको भएको जानकारी आएपछि विस्तारै नेपालका सरकारी अस्पतालमा परीक्षणका लागि संक्रमितलाई दिन आग्रह गरेको उनले बताए ।

भिम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा समेत औषधी पठाइएको थियो । तर, मान्यता प्राप्त नभएकाले अस्पतालले औषधी बिरामीलाई दिएन । अहिले भने रुपन्देहीमा समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि एकाएक अर्कबटीको माग बढेको छ । ‘रुपन्देही र भारतका केही स्थानमा गरेर १ सय ५० जना कोरोना संक्रमितले औषधी सेवन गरेका छन्, सबैलाई निको बनाएको छ’ गौतमले भने । यो औषधीको प्रयोग गरेमा कोरोनाबाट हुने मृत्यूदर घट्ने र अहिले जस्तो अतालिनुपर्ने अवस्था नै नआएको दाबी उनको छ ।

पछिल्लो दुई साता यता रुपन्देहीमा समुदाय तहमा व्यापक रुपमा कोरोना संक्रमण फैलिएपछि यो औषधीको माग अत्यधिक बढेको छ । भैरहवामा कोरोना संक्रमित एक जना महिलाले औषधी सेवन पश्चात श्वासप्रश्वासमा सुधार आएको बताईन । उनले भनिन, ‘मलाई संक्रमण थियो, मेरो श्रीमानको कन्ट्रयाक ट्रेसिङ भयो, तर रिपोर्ट नआउँदै आत्तिएपछि अर्कबटी नै खानुभयो, अहिले सुधार भएको छ ।’ ती संक्रमित महिला भैरहवा स्थित मेडिकल कलेजमा कार्यरत कर्मचारी हुन । ६५ वर्षीया संक्रमितका श्रीमानले भने, ‘मैलै यो औषधी आएपछि धेरै सुधार भएको छ ।’
याे समाचार नागरिकबाट साभार गरिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *