विष्णुमती खोला सरसफाइ अभियान

विष्णुमती खोला सरसफाइ अभियान वैशाख १ गते देखि सुरु हुने भएको छ ।

संघीय सांसद जीवनराम श्रेष्ठको विशेष पहलमा शोभा भवगति मन्दिरबाट विहान ७ बजे सरसफाइ अभियानको सुरुवात हुने भएको छ ।

विष्णुमति वरिपरीको वातावरणलाई स्वच्छ राख्न र यहाँको सभ्यताको संरक्षण र सम्वर्धन गर्न यो अभियान शुरु गर्न लागेको श्रेष्ठले बताए ।

विष्णुमति खेला प्रदुषित भइ धार्मिक एवं सांस्कृतिक कार्यहरुमा असर पर्न गएको बताउँदै उनले भने, ‘खोला प्रदुषित हुँदा स्थानीय वातावरण प्रदुषित भइ खोला वरिपरिको स्थानीय नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुँदा विष्णुमति सरसफाई अभियान सुरु गर्न लागेको हो । ’

विष्णुमती नदीको उद्गम स्थल बुढानिलकष्ठस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै रहेको छ।

विष्णुमतीको उद्गम मानिने विष्णुद्वार विष्णुपादुकादेखि टेकु दोभानसम्म फैलिएको विष्णुमती सभ्यताको आफ्नै महत्व, गरिमा, अस्तित्व र धार्मिक, सांस्कृतिक पौराणिक एवम् सांस्कृतिक विशेषता रहेको पाइन्छ ।

काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउन श्रेष्ठबाट विशेष पहल हुन लागेके जानकारी प्राप्त हुन आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *