महानगरले खुल्ला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन बसपार्क सञ्चालनमा रोक


मध्यम दुरीका गाडी गोङ्गबु बसपार्कबाट र छोटो दुरीका गाडी पिक एण्ड ड्रप प्रणालीबाट सञ्चालन हुने

काठमाडौं / महानगरले खुल्ला मञ्चमा रहेको सिटी बसपार्क खाली गराएकाे छ ।

बैशाख ९ गते महानगरले खुल्ला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन बसपार्क सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

नगर प्रहरी उपरीक्षक धनपति सापकोटाकाअनुसार यस बसपार्कबाट करीब ४० कम्पनीका ६ सय सवारी साधन सञ्चालनमा थिए । जसमध्ये करीव २७ वटा कम्पनी छोटो दुरुीका र करीब १३ वटा कम्पनी मध्यम दुरीका सवारी सञ्चालन गर्छन् ।

महामारी रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशको अवधिपछि यहाँबाट सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई २ तरिकाबाट व्यवस्थापन गरिनेछ ।

टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दुरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन् ।

पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो । प्राप्त निवेदनका विषयमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछन् ।’

साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौँ टावर निर्माण हुने भएपछि २०७३ सालदेखि निश्चित अवधिका लागि त्यस ठाउँबाट चल्ने सवारी साधनलाई खुल्ला मञ्चमा ल्याइएको थियो । तोकिएको समयभित्र टावर निर्माण नभएकोले खुल्ला मञ्चलाई खुल्ला राख्न महानगरले बसपार्क हटाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *