नेपाल र चीनका प्रशासन तथा सुरक्षा प्रमुखहरु रसुवाको मितेरी पुलमा बसेर छलफल

काठमाडाैं, वैशाख १७ / कोभिड–१९ को महामारीको दोस्रो लहर विश्वभर बढिरहेका बेला चीनका सुरक्षा अधिकारीहरुले नेपालको पछिल्लो अवस्थाका बिषयमा छलफल गरेका छन् । बिहीबार नेपाल र चीनका प्रशासन तथा सुरक्षा प्रमुखहरु पिपिई लगाएर नेपाल–चीन जोडने रसुवाको मितेरी पुलमा बसेर छलफल गरे । 

नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले नेतृत्व गरेको टोलीमा जिल्ला प्रहरी प्रमुख डीएसपी देवेन्द्र पाण्डे, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलका अधिकारी सहभागी थिए । 

चीनले केरुङ अध्यागमन प्रशासन  प्रहरी कार्यालयका प्रमुख एसएसपी हाओ जुहाइ  र डीएसपी इयाङ चाङ सहितको टोलीले छलफलको नेतृत्व गरेको थियो । 

छलफलमा सीमा आवागमन र सिमानाका बिषय सहित नेपालले कोभिड–१९ का बिरुद्ध गरिरहेको कारबाहीमा केन्द्रीत रहेको थियो । 

प्रमुख जिल्ला अधिकारी ढकालले चिनियाँ पक्षले नेपालमा बढदो संक्रमणमा चिन्ता ब्यक्त गर्दै भइरहेका काम कारबाहीका बिषयमा चासो ब्यक्त गरेको बताए । उनले आफुहरुले गरिरहेका र भइरहेका काम कारबाहीका बिषयमा चिनियाँ पक्षलाई जानकारी गराएको बताए । 

‘महामारीकाबीच समकक्षीहरुसँगको भेट त्यही बिषयमा केन्द्रीत थियो,’ प्रजिअ ढकालले भने, ‘सहयोग आवश्यक भएमा जानकारी गराउन चिनियाँ पक्षले अनुरोध गरेको थियो ।’ 

छलफलमा सहभागी सुरक्षा अधिकारीका अनुसार चिनियाँ पक्षले विशेष गरि कोभिड खोप यातायात मजदुर र ब्यापारमा संलग्नहरुलाई उपलब्ध भए नभएको बिषयमा बिशेष चासो राखेका थिए । 

-पर्दाफास

Leave a Reply

Your email address will not be published. Required fields are marked *