सांसद जीवनरामबाट ५० बेड क्षमताको आइसोलेशन तयार, कोरोनाविरुद्ध सचेतना कार्यक्रम संचालन
काठमाडाैं, वैशाख २३ ।
कोरोना भाइरस (कोभिड-१९)काे दास्राे लहरबाट बच्न काठमाडाैं क्षेत्र नं ८ मा निःशुल्क मास्क वितरण सुरु गरेको छ । कोरोना भाइरसबाट जोगिन र जोगाउन सर्वसाधारणलाई मास्क र साबुन वितरण गरिएको हाे ।
कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण गरेका छन्। काठमाडौं उपत्यकामा कोरोनाको दोस्रो लहरमा संक्रमण तीव्र गतिमा फैलिँदै गएकोले आफ्नो निर्वाचन क्षेत्रमा कोभिड महामारीबाट बच्न सचेतना कार्यक्रम संचालन गरेकाे उनले बताए ।
कोरना भाइरसबारे सचेतना जगाउँदै चमति, तल्लो विजेश्वरी र मखनटोल गरेर तीन हजार मास्क तथा सावुन वितरण गरिएको छ । यसलाई निरन्तरता दिने संघीय सांसद जीवनराम श्रेष्ठले बताए ।

‘कोभिडबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं’ भन्ने नारा दिइ श्रेष्ठले मास्कको साथमा हात धुने साबुन सर्वसाधारणको घरदैलोमा गई वितरण गरेका हुन् ।
कोरोना संक्रमणको पहिलो लहरको दौरान पनि सांसद श्रेष्ठले आफ्नो क्षेत्रभित्र होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई भेटेर पौष्टिक खानेकुराहरु वितरण गरेका थिए ।
‘कोरोना संक्रमण दर तीव्ररुपले बढेकोले यसबाट बच्न र बचाउन मास्क र साबुन वितरण गरी सचेतना कार्यक्रम सुरु गरेका छौं ।’ श्रेष्ठले भने ।

नेपाल सरकारले डाक्टर र नर्सको व्यवस्था गरिदिएको खण्डमा ५० बेडको आइसालेसन तयारी अवस्थामा रहेकेा श्रेष्ठले बताए । श्रेष्ठले काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठको प्रयोगविहिन अवस्थामा रहेको भवन प्रयोग गरी ५० बेड क्षमताको आइसोलेशन निर्माण गरेका हुन् ।
पवित्र स्वयम्भू क्षेत्रमा खुल्ला वातावरणमा आइसोलेशनमा यथेष्ठ खुल्ला क्षेत्र भएका कारण आइसोलेशनमा बस्ने व्यक्ति कोठामा मात्रै बस्नु पर्ने अवस्था नरहने सांसद श्रेष्ठले बताए ।
सांसद जीवनराम श्रेष्ठले आफ्नो क्षेत्र विकासका लागि छुट्याइएको ४ करोड मध्ये १ करोड ५० लाख ४० हजार रुपैयाँ प्रयोग गरेर काठमाडौं क्षेत्र नं. ८ मा आइसोलेसनको निर्माण गरेका हुन् ।

मास्क तथा साबुन वितरण कार्यक्रममा १५ वडाका वडाध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, सदस्य निमा घ्याम्चो, आनन्दराम गौतम, मैयाँलक्ष्मी महर्जन र अनिता परियारको पनि उपस्थिती थियो ।