आइसोलेसन सेन्टर तथा कोविड उपचार सहकार्यका लागि मेयर शाक्य र उपत्यका पृतनाबीच छलफल

काठमाडाैं, बैशाख २२ ।
कोविड नियन्त्रणका लागि साना साना इकाईमा क्वारेन्टीन, आइसोलेसन जस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकोले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउने महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ ।

नेपाली सेना उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा बसेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, पृतनापति उपरथी आनन्द अधिकारी, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितका अधिकारीविच भएको बैठकमा प्रमुख शाक्यले बताए ।

कोविडको संक्रमण रोकथामका नेपाली सेनाले गरिरहेको काम र थप प्रयासका बारेमा छलफलका क्रममा प्रमुख शाक्यले साना साना धेरै आइलोसन बनाइयो भने ती ठाउँमा अक्सिजनलगायत सामाग्री र जनशक्ति पुर्याउन कठिन हुने बताए।

‘नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र ठूला अस्पतालहरुसँग सहकार्य गरेर उहाँहरुसँग भएको क्षमता बढाउन चाहन्छौँ । यसरी तयार पारिएको ठाउँमा गरिने कोविडको उपचार संयन्त्र दिगो, भरपर्दो र प्रभावकारी हुन्छ ।’ शाक्यले भने, ‘काठमाडौँमा वडामा भएका आइसोलेसन सेन्टरमा विरामी पु¥याउन र ठूला अस्पतालमा पु¥याउन समयको हिसाब अन्तर हुँदैन । हाम्रो चाहना भनेको विरामीले समयमा भरपर्दो उपचार पाओस् भन्ने हो ।’

बैठकमा पृतनाका चिफ अफ स्टाफ सहायक रथी कुमार लामा, मेडिकल सर्भिसका महानिर्देशक उपरथी देवेन्द्रबहादुर खत्री, सेनानी राजनसिंह अधिकारीसहित पदाधिकारीहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *