डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राममाथी प्रतिवन्ध

एजेन्सी, जेठ २३ ।

फेसबुकले संयुक्त राज्य अमेरीकाका पुर्व राष्ट्रपती डोनाल्ड ट्रम्पको फेसबुक पेज र इन्स्टाग्राम दुई वर्षका लागि बन्द गरिदिएको छ। उनको फेसबुक र इन्स्टाग्राम अकाउन्ट यसअघि जनवरी महिनामा अनिश्चितकालका लागि बन्देज लगाइएको थियो। ट्रम्पमाथी अमेरीकाको राजधानी वासिङटन डिसीमा हिसां भड्काएको आरोप छ। 

यहि वर्ष जनवरीमा वासिङटनमा भएको दगांपछी नै उनको अकाउन्ट बन्द गरिएको थियो। तर, गत महिना भएको फेसबुकको निगरानी बोर्डको बैठकमा ट्रम्पको अकाउन्टमाथी लगाइएको अनिश्चितकालिन बन्देजको आलोचना भएको थियो। 

जनवरीमा भएको दगांमा ट्रम्पको गतिविधीले नियमहरुको गम्भिर उल्लङ्घन भएको फेसबुकले बताएको थियो। यसैविच फेसबुकले नेताहरुले छुट पाइरहेको केहि नियमहरु समेत परिवर्तन गर्ने भएको छ। ‘अब यो छुट रहने छैन्,’ फेसबुकले भनेको छ, ‘अब नेताहरुको पोष्टले कुनै सुरक्षा कवच पाउने छैनन्।’ ट्रंप पर प्रतिबन्ध सात जनवरीदेखी नै मानिनेछ र यो २०२३ सम्म रहनेछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *