काठमाडाैं, जेठ २५ ।
भेराेसेल( VeroCell) चाइनिज पहिलो चरण खाेप लगाउने कार्यक्रम सुरू भएकाे छ ।
कामपा १५ वडामा भूईखेल, स्वयम्भूमा शुरू भएकाे उक्त पहिलाे चरणकाे खाेप ६० बर्ष देखि ६४ बर्षसम्मका नागरिकहरूलाइ दिइएकाे हाे ।

खाेप कार्यक्रमकाे निरिक्षणमा सहभागी हुँदै कामपा १५ वडाका अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेलले अहिले भईरहेकाे काेराेनाबाट जाेगीन सचेत हुन अाग्रह गरे ।
त्यस्तै, नेकपा एमाले कामपा १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटी द्वारा संयुक्त रूपमा कामपा १५ वडा स्थित भुइँखेल खोप केन्द्रमा स्थलगत निरीक्षण गरेका छन् ।

उक्त निरीक्षणमा कामपा १५ वडा सदस्यहरू मैयाँ लक्ष्मी महर्जन, आनन्द राम गौतम, अनिता परियार, निमा घ्याम्चाे, नेकपा एमाले क्षेत्र नं ८ का सचिव उदय पसखल, नेकपा एमाले कामपा महानगर कमिटी सदस्य लक्ष्मण शाही, नेकपा एमाले महानगर सदस्य उद्दव खड्गीकाे सहभागिता थियाे ।
राष्ट्रिय युवा संघ १५ वडा कमिटीका अध्यक्ष किसन डंगोलले राष्ट्रिय युवा संघ नेपाल १५वडा कमिटीका युवाहरु आवश्यक परेको खण्डमा खोप केन्द्रमा स्वयंसेवकको रूपमा परिचालन हुन तयार रहेको पनि जानकारी दिए ।

साथै नेकपा एमाले १५ वडा कमिटी एवं राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी द्वारा खोप केन्द्रमा परिचालित स्वास्थ स्वयंसेविका एवं सम्पुर्ण महानुभावहरु लाई धन्यवाद ज्ञापन गर्नुका साथै सुरक्षित भइ परिचालन हुन पनि अनुरोध गरेको छ ।
मंगलबार पहिलो खोप लाउने दिन १५ वडाबासीहरु लाई वडाले व्यवस्थित रूपमा खोप लाउने कार्य भए नभएकाे नेकपा एमाले महानगर सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य एवं क्षेत्र नं ८ का उत्प्रेरक निसार उद्दिन, राष्ट्रिय युवा संघ १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, उपाध्यक्ष नियाज उद्दिन, सचिव संजय शाहीलगायतको उपस्थितिमा निरिक्षण गरेका छन् ।