गर्मीमा रोगबाट बच्नका लागि यस्तो उपाय अपनाउनुहोस्

एजेन्सी

गर्मी मौसममा रोग प्रतिरोधी प्रणालीमा प्रभाव पर्ने भएकाले धेरै स्वास्थ्य समस्याहरु आउँछन् ।

पाचन प्रक्रिया र छालासम्बन्धी समस्याहरुको साथसाथै मौसमी फ्लु र संक्रमण पनि खतरा आउँछ ।

गर्मी बढेसँगै अहिले खासगरी छालासँग सम्बन्धित समस्याहरु, भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड ज्वरो, पेट दुख्ने, झाडापखाला, बान्ता हुने, फुड पोइजन जस्ता स्वास्थ्य समस्या बढेका छन्। प्रायःजसो यस्ता समस्याहरु अस्वस्थ्यकर खानपान र बानीव्यहोराका कारण हुनेगर्छ।

कहिलेकाहीँ सामान्य जस्तो लागेर बेवास्ता गर्दा यस्ता समस्याले ज्यानै खतरामा पु¥याउन सक्छ। यी समस्याबाट बच्न निम्न सावधानी अपनाउनु जरुरी देखिन्छ।

प्रशस्त पानी पिउने :

यदि तपाईंको शरीरमा पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ । धेरै पानी पिउँदा ९० प्रतिशत बिरामीसँग लड्न सकिन्छ । पानीले फाइबरसँग मिलेर काम गर्छ । यसले दिशा नरम बनाउन मद्दत गर्छ । यसका साथै पानीले शरीरलाई सुख्खा हुन नदिने भएकाले समस्याहरुले सजिल्यै आक्रमण गर्न सक्दैनन् ।

फाइबरयुक्त खाना :
गौँ, सागसब्जी, फलफूल र फाइबर युक्त अन्य खानेकुराले पाचन पक्रियालाई तन्दुरुस्त बनाउँछ । यसले कब्जियतको समस्याबाट बचाउँछ । फाइबरयुक्त खाना खानाले फिशरजस्ता समस्याहरु हुन दिँदैन ।

क्याफिन :
गर्मीमा क्याफिनको सेवन धेरै मात्रामा गर्नुहुँदैन । यसले पाचन प्रणालीमा असर पुर्याउँछ । पाचन प्रक्रियामा आउने समस्याले अल्सर, एसिडिटी र जलन जस्ता समस्या आउँछ ।

व्यायाम :
गर्मीको समयमा पसिना निकाल्न आवश्यक छ । यसमार्फत शरीरभित्रमा फोहोर पदार्थ बाहिर फाल्न मद्दत पुग्छ । शरीरलाई जति सक्रिय राखिन्छ उति नै स्वस्थ रहन्छ ।

घामबाट टाढा रहने :
गर्मीको समयमा चर्को घाममा तीन घण्टाभन्दा बढी रहनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । हल्का कपडा लगाउने र चर्को घामबाट बच्ने गर्नुपर्छ ।

नियमित स्वास्थ्य चेकजाँच :
कहिलेकाँही शरीरका विभिन्न समस्याहरु देखिएपनि बेवास्ता गर्ने चलन रहेको छ जसले गर्दा गम्भीर समस्या समेत आउन सक्छ । त्यसैले नियमित स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ ।

घर तथा वातावरणीय सरसफाइ अनियार्य
अहिले देशैभरि डेंगु ज्वरोको प्रकोप बढेको अवस्था छ। घर वरिपरि सफा गर्न आवश्यक छ। लामखुट्टे र सर्पको टोकाइबाट बच्न वातावरण सफाइ गर्नुपर्छ। डेंगु गराउने लामखुट्टेले दिउँसो टोक्ने हुनाले लामखुट्टेको टोकाइबाट सधैं बच्नुपर्छ। साथै घरभित्र पानी जम्न दिनु हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *