नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग प्राप्त

काठमाडाैं, जेठ २८ ।

रोना भाइरस (कोभिड–१९) ले महामारीका रुपमा विश्वलाई नै आतङ्कित परिरहेको छ । नेपालमा कोरोनाको संक्रमण दोश्रो लहरमा पुगिसकेको छ ।

कोभिड–१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा भारतले नेपाली सेनालाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार नेपाली सेनालाई भेन्टिलेटर, आइसियु शय्या, पिपिई सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ । सो अवसरमा प्रधानसेनापति थापाले राजदूत क्वात्रालाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

-रेडियाेनेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *