चक्रपथमा विद्युतीय बस सञ्चालन गर्न पूर्वसम्भाव्यता अध्ययनको तयारी

काठमाडाैं, जेठ २८ ।

सरकारले ईबीआरटी (विद्युतीय बस र्यापिट ट्राञ्जिट) सञ्चालन सम्बन्धी तयारी शुरु गर्ने भएको छ ।

लगानी बोर्डले काठमाडौं उपत्यकाको चक्रपथमा ईबीआरटी सम्बन्धमा पूर्वसम्भाव्यक्ता अध्ययन गर्ने भएको हो।

लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले चक्रपथमा ईबीआरटीको पूर्वसम्भाव्यता अध्ययन अघि बढाउन लागिएको जानकारी दिनुभयो।‘चक्रपथमा ईबीआरटी सञ्चालन गर्ने योजना छ ।

यसका लागि सम्भाव्यता अध्ययनको आवश्यक पर्छ । सम्भाव्यक्ता अध्ययन गर्ने कम्पनी छनोट प्रक्रिया अघि बढाउने क्रममा छौं,’ अधिकारीले भन्नुभयो, ‘बोर्डले यातायात विज्ञसँग छलफल तीव्र पारेको छ ।’

आर्थिक वर्ष ०७१/७२ कै बजेटमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित गर्न धेरै यात्रु क्षमताको बीआरटी योजना समावेश गरिएको थियो।

२०७५ चैतमा आयोजना गरिएको लगानी सम्मेलनमा पनि बीआरटी सम्बन्धी आयोजना राखिएको थियो । तत्कालिन समयमा चक्रपथमा बीटीआर सञ्चालन गर्न १४९.५ विलियन अमेरिकी डलर अथार्त १७ अर्ब ५४ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो ।

क्लिकमाण्डु अनलाइनका अनुसार चक्रपथमा ईबीआरटी सञ्चालनका गर्न सकिन्छ कि सकिदैन भन्ने विषयमा अहिलेसम्म अध्ययन भएको छैन। लगानीकर्ताले सम्भावना भएको क्षेत्रमा लगानी गर्ने हो । बोर्डले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा ईबीआरटी सञ्चालन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *