काठमाडौँ, जेठ २९।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताए । विभिन्न देशबाट काेराेनाकाे खोप आउने क्रम जारी रहेकाेले खाेप सबैलाई उपलब्ध हुने बताए ।
काठमाडौको क्षत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा शुरु गरिएको कोभिड अस्पतालको शनिबार निरीक्षण गर्नेक्रममा मन्त्री श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य देशका समकक्षीसँग खोप पाउन अपिल गरेको र खोपका साथै स्वास्थ्य सामग्री आइरहेको जानकारी दिए ।
गाेरखापत्र अनलाइनका अनुसार चिकित्सालयमा भेन्टिलेटरसहित ३५ शय्याको कोभिड अस्पताल सञ्चालन गरिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा अस्पतालले ३५ शय्याको कोरोना वार्ड सञ्चालन गरिरहेकोमा श्रेष्ठले प्रशंसा गरे ।
सोही अवसरमा चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले महानगरपालिकालगायत सबैको साथ र सहयोग पाएकाेले जनतालाई सहज र सर्वसुलभ रुपमा स्वास्थ्य प्रदान गर्न सकेको बताए ।
काठमाडौँ महानगरपालिका– १७ का वडाध्यक्ष नवीन मानन्धरले अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको धारणा राखे ।
महानगरले सो अस्पतालमा पूर्वाधार सुधारका लागि एकमुष्ट रु ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्च वापत् रु करीब ४८ लाख १६ हजार ६ सय ५७ दिँदै आएको छ ।