काठमाडाैं, जेठ ३१ ।
काठमाडौँ महानगरपालिकाले कोरोना खोप ( भेरोसेल) अभियान पुनः सञ्चालन गर्ने भएको छ।
महानगरपालिकाले एक सूचना निकाल्दै जेठ ३१ गते सोमबार र असार १ गते मंगलबार खोप अभियान सञ्चालन गरिने जनाएको छ।
दुई दिन सञ्चालन हुने खोप कार्यक्रममा ६० र ६१ बर्ष उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने छ।
महानगरका अनुसार वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिने छ।
यसअघि महानगरपालिकाले निर्धारित तालिकाभन्दा दुई दिन अगावै खोप कार्यक्रम स्थगित गरेको थियो। सरकारले तोकेको लक्षित समूह बाहिर गएर जनप्रतिनिधिले खोप वितरण गरेकाले यसपटक भने अस्पतालबाट खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो।