१३ वडा को घरघरमा जनचेतना जगाउदै
काठमाडाैं, जेठ ३१ ।
माननीय जीवन राम श्रेष्ठले आफ्नो क्षेत्रमा कोभिड १९ बारे स्वास्थ्य जागरण अभियान शसक्त ढंगले संचालन गरि रहेका छन् ।
अभियानकै सिलसिलामा १३ वडाको भीममुक्तेश्वर पुगेका श्रेष्ठले कोभिड सम्बन्धि जनचेतना अभियानमा स्थानीय बासिन्दाहरूको घरघरमा गएर माक्स, हात धुने साबुन र क्यालेन्डर वितरण गरेका छन् ।

कामपा १३ वडाका पूर्वअध्यक्ष राम शरण डंगोल र स्थानीयको उपस्थिति रहेको जनचेतना कार्यक्रममा श्रेष्ठले काेभिडबाट बच्ने उपाय भनेकाे साबुन पानीले हात धुने र मास्क लगाउने बताए ।

माननीय श्रेष्ठको सकृयतामा आनन्दकुटी विद्यापिठ, स्वयम्भु ५० बेडको आईसोलेसन केन्द्र समेत संचालनमा छ । सो आइसोलेसन केन्द्रमा आफ्नो क्षेत्रका लागि मात्र नभई अरू क्षेत्रका सेवाग्राहीले पनि स्वास्थ लाभ लिइरहेका छन्। डाक्टर, नर्स एवं आवश्यक स्वास्थ सामग्रीको व्यवस्था गरिएको सो केन्द्रमा नि:शुल्क सेवा उपलब्ध भइरहेको जानकारी समेत श्रेष्ठले दिए ।