काठमाडाैं, जेठ ३१ ।
पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
४/५ दिनदेखि ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई आज बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको निजी सचिवालयले जनाएको छ। अहिले उनकाे स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।
यसअघि कोरोना संक्रमण भई लामो समय नर्भिक अस्पतालमै उपचार गरेर खनाल घर फर्किएका थिए।