इजरायलका नयाँ प्रधानमन्त्रीमा नफ्ताली बेनेट निर्वाचित

काठमाडाैं, जेठ ३१ ।

इजरायमा बेन्जामिन नेतान्याहुको १२ वर्षको सत्ता अन्त्य भएको छ । संसद्ले नयाँ प्रधानमन्त्री निर्वाचित गरेसँगै नेतान्याहुको सत्ता अन्त्य भएको हो ।

इजरायलमा १२ बर्षसम्म प्रधानमन्त्री रहेका बेन्यामीन नेतन्याहूलाई पराजित गर्दै दक्षिणपन्थी राष्ट्रवादी नेता नफ्ताली बेनेट नयाँ प्रधानमन्त्रीमा चयन भएको छ ।

इजरायली संसद नेसेटमा भएको मतदानमा झीनो मतले नेतन्याहूलाई पराजित गर्दै बेनेटले आगामी २०२३ सेप्टेम्बर सम्म प्रधानमन्त्रीको पदभार ग्रहण गरिने छन् । त्यसपछिको अवधीमा भने यसअतिद पार्टीका नेता यार लापिडलाई पद हस्तान्तरण गर्ने राजनैतिक सहमति भएको छ ।

इजरायलका नवनियुक्त प्रधानमन्त्री बेनेटलाई अमेरिकी राष्ट्रपति लगायतका विभिन्न देशका सरकार प्रमुखहरूले शुभकामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *