कार्यपालिका बैठकमा नीति प्रस्तावमाथि छलफल

काठमाडौं, असार १।

काठमाडौँ महानगरले असार ३ गते नवौँ अधिवेसनमा आ. व. ०७८/०७९ को बार्षिक नीति प्रस्तुत गर्ने भएको छ । चालु आर्थिक बर्षको समीक्षा गर्दै कार्यपालिका बैठकमा मंगलबार आगामी बर्षको नीति प्रस्तावमाथि छलफल गरेको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकमा विगत बर्षमा लिइएका नीति र तिनको कार्यान्वयनको विश्लेषण गरेको छ । यसैका आधारमा आगामी बर्षको नीति प्रस्ताव गरिनेछ । 

बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित कार्यपालिका सदस्यहरुकाे उपस्थिति थियाे ।

कार्यपालिका सदस्यहरुबाट बुधबारसम्म प्राप्त हुने सुझावलाई समेटेर बार्षिक नीतिको प्रस्ताव अधिवेशनमा पेश गरिने बैठकका अध्यक्ष तथा महानगरका प्रमुख शाक्यले जानकारी दिए। अधिवेसनमा गरिने प्रस्तावमाथि नगर सभा सदस्यहरुले सुझाव दिनेछ । त्यसपछि अधिवेशनको अर्को बैठकले नीति पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *