काठमाडाैं, असार २ ।
६० लाख (२० प्रतिशत) नागरिकलाई पुग्ने एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ।
नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट कोरोनाविरुद्धको खोप खरिदको अन्तिम निर्णय गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको नेपाल समाज अनलाइनले लेखेको छ।
स्वास्थ्य मन्त्रालयले खोप खरिदको निर्णय गरेर त्यससम्बन्धी फाइल मन्त्रिपरिषद् लगेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, मुख्यसचिवलगायत उच्च अधिकारीहरूले चिनियाँ अधिकारीहरूसँग खोप खरिदबारे छलफल गरेका थिए ।
चीनले नेपाललाई आवश्यक परेको खोप दिने भन्दै त्यसका लागि प्रक्रिया अगाडि बढाउने आश्वासन दिएपछि स्वास्थ्य अधिकारीहरू आन्तरिक छलफलमा जुटेका थिए ।
स्वास्थ्य सेवा विभागमा भएको छलफलमा तत्काल २० प्रतिशत नागरिकलाई खोप आवश्यक पर्ने निष्कर्ष निकालिएको थियो । सरकारले चिनियाँ भेरोसेल खोप खरिद गर्ने तयारी गरेको छ ।
अन्य देशमा उत्पादन भएको जोनसन एन्ड जोनसन, स्पुतनिक फाइभ, कोभिसिल्ड खोप उपलब्ध भएमा किन्ने सरकारको तयारी छ ।