नारायणी नदी खतराको तहमा, सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाडाैं, असार २।

नारायणी नदीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले खतराको तह नाघेको हो ।

यस क्षेत्रमा ८ मिटर पानीको सतहलाई खतराको तह मानिन्छ । अपरान्ह ४ बजेको समयमा नारायणीको सतह बढेर ८.०५ मिटर पुगेको छ ।

अहिले नारायणीको बहाव अझै बढ्ने क्रममा रहेको जल मापन केन्द्र देवघाटले जनाएको छ । नारायणीले खतराको तह पार गरेसँगै नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विशेष गरी हिजोदेखि चितवन, नवलपरासी पूर्व, पाल्पा, छरछरे लगायत स्थानमा निरन्तर भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी नदीमा आएको बाढीका कारण पश्चिम चितवनको भरतपुर २६ र २७ मा वर्षेनी पानी पस्ने गरेको छ । नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन चितवन प्रशासनले आग्रह गरेको रेडियाे नेपाल अनलाइनमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *