बेनी बजारको जनजीवन अस्तव्यस्त

असार २, २०७८ बुधबार

यस साता आएको लगातारको वर्षाका कारण कालीगण्डकीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ ।
निरन्तरको वर्षाका कारण विभिन्न स्थानहरुमा बाढी र पहिरो गएपछि बेनी जोमसोम सडक,बेनी दरवाङ सडक र ग्रामिण सडकहरु पूर्णरुपमा अवरुद्ध भएका छन् ।
गोरखापत्र अनलाइनका अनुसार बुधबार राती देखि नदीमा पानीको सतह उच्च हुनुका साथै पानीको सतह उच्च भएसँगै नदी कटानको जोखिम बढेको हो ।

तटबन्धन भत्किए सँगै बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी बजारदेखि माथि रहेको अर्थुङ्गे गाउँबाट झरेको बाढी अस्पतालचोक हुँदै बेनीको कालिपुल स्थित बसपार्कमा पुगेको छ । बसपार्क ढुङ्गा र हिलो माटोले पुरिएको छ । पार्किङ्ग गरेर राखेका सवारी सधानहरु हिलो माटो सहितको ढुङ्गा र ग्रेगरले परिन थालेका छन् ।
बेनी बजारको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ ।यस्तै म्याग्दी नदीमा पनि पानीको सतह बढेको छ । म्याग्दीको उच्च हिमाली भेग र बेनी बजार आसपासमा भारी वर्षा भएको छ ।

पानीको सतह बढ्ने र नदी किनारका वस्तीहरु कटानको जाखिम भएकाले सर्तकर्ता अपनाउन प्रशासनले सर्वसाधरणहरुमा अनुरोध गरेको छ ।
बर्षा नरोकिएकाले अझै नदीमा पानीको सतह बढ्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *