सभामुख सापकोटा बाढीग्रस्त क्षेत्र मेलम्चीमा

काठमाडौं, असार २ ।

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रमा पुगेर स्थलगत रुपमा जानकारी लिएका छन् ।

मंगलबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिबारे स्थल मार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै मेलम्ची पुगेका सभामुख सापकोटाले यस सम्बन्धमा मेलम्ची नगरपालिका प्रमुख र सम्बद्ध पक्षसँग विस्तृत जानकारी लिएका छन् ।

तत्काल राहतका लागि सभामुख सापकोटाको पहलमा उपलब्ध भएका खाद्यान्न लगायतका राहत सामाग्री ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ लाई हस्तान्तरण गरिएको छ ।

सभामुख सापकोटाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्धार, राहत, विस्थापितहरूको अस्थायी बसोबास एवं पुनस्थापनाको काम अघि बढाउन सबैमा अपिल गरे।

नगर प्रमुख डम्बर अर्यालले अहिले सम्मका उद्धार, राहत र भए गरेका कामबारे संक्षिप्त जानकारी दिए।

समितिले बाढी पीडितका लागि प्राप्त भएका र आगामी दिनमा प्राप्त हुने सबै खाले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *