छत्रपाटी निःशुल्क चिकित्सालयलाई आर्थिक सहयोग

काठमाडाैं, जेठ २७ ।

सिद्धार्थ बनस्थली स्कूल ४७ साल ब्याच समूहले छत्रपाटी निःशुल्क चिकित्सालयलाई आर्थिक सहयोग गरेका छन् ।

चिकित्सालयलाई पूर्व विद्यार्थीहरुकाे समूहले अस्पतालमा अक्सिजन प्लान्ट राख्नको लागि डेढ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

बुधवार अस्पताल परिसरमै पुगी पूर्व विद्यार्थीहरुले उक्त रकमको चेक अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *