भारतीय सेनामा नेपाली युवतीहरूलाई भर्ना खुल्यो

काठमाडाैं, असार ३ । नेपाली युवाहरुलाई लिँदै आएको भारतीय सेनाले युवतीहरूलाई भारतीय सेनामा भर्ना गर्ने तयारी गरेको छ। गोर्खाली युवतीहरूलाई पनि भर्ती लिने गरी भारतीय सेनाले विज्ञापन निकालेको छ।

भारतीय सेनाले महिला ‘मिलिट्री पुलिस’को जनरल ड्युटीमा एक सयजना महिला सैनिक भर्ती गर्ने गरी विज्ञापन खोलेको हो। जसमा गोर्खालीलाई पनि समेट्ने तयारी गरिएको छ।

भर्ती हुन चाहने महिलाहरुको उमेर साढे १७ वर्षदेखि २१ वर्षको बीचमा हुनुपर्नेछ। भारतीय सेनाका अनुसार १ अक्टोबर २००० देखि १ अप्रिल २००४ को बीचमा जन्मिएकाले आवेदन दिने छन्।

भारतीय सेनाका अनुसार उचाइ १५२ सेन्टिमिटर हुनुपर्नेछ। तर गोर्खाली युवतीहरूका हकमा ४ सेन्टिमिटर छुट दिइने भारतीय सेनाले जनाएको छ। विज्ञापन अनुसार गोर्खालीको हकमा शैक्षिक योग्यता १० कक्षा पास भए हुनेछ ।

आवेदन अनलाइनमार्फत यही जुलाई २० सम्म दिनुपर्ने छ। भारतीय सेनाको मापदण्ड अनुसार गोर्खाली भन्नाले नेपाली र सिक्किम, दार्जिलिङका मानिन्छ। आवेदनको लागि http:/joinindianarmy.nic.in मा गएर भर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *