हङ्गकङ्गमा सम्पादक र पत्रिकाको चार कार्यकारी पक्राउ

एजेन्सी । प्रजातन्त्रको समर्थक मानिने हङ्गकङ्गको एक पत्रिकाका प्रमुख सम्पादक तथा चार कार्यकारीहरुलाई पक्राउ गरिएको छ । एप्पल डेली नामक पत्रिकाले राष्ट्रिय सुरक्षा सम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको छ ।

बेइजिङले जारी गरेको नयाँ राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेकाे बताइएकाे छ। प्रहरीले प्रधान सम्पादक लसहित अन्य पाँचजना पत्रकारलाई नियन्त्रणमा लिएको एप्पल डेलीले जनाएकाे छ।

प्रहरीले प्रधान सम्पादक लसहित अन्य पाँचजना पत्रकारलाई नियन्त्रणमा लिएको एप्पल डेलीले जनाएकाे छ।

बेइजिङ्गको आलोचक मानिने पत्रिकाको भवनका सबै प्रवेशद्धारहरु बन्द गरी उनीहरुलाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ । पक्राउ गरिएको घटनाको पत्रिकाको फेसबुकबाट लाइभ गरीएको थियो । त्यसक्रममा पत्रिका कार्यालयमा छापा मार्नुका साथै पत्रकारिता सम्बन्धी सुचना सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । 

बेइजिङले देशद्रोह र पृथकतावादी गतिविधि तथा विदेशीहरूसँग मिलेर चिनियाँ विरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गर्न आदेश दिएकाे हो। चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि स्थानीयवासी महिनाैँदेखि त्रसित छन्।

डेलीले चिनियाँ नीतिप्रति आलोचना गरेकै कारण प्रधान सम्पाद ल, प्रमुख कार्यकारी अधिकृत चिउङ किम हुङ, चो ताट् किउङ, सहसम्पादक चान पुइमेन र प्रमुख कार्यकारी सम्पादकलाई समाचार कक्षबाटै पक्राउ परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *