काठमाडौं उपत्यकाका सिडिओहरूकाे बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । आज काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । बैठक अपरान्ह ३ बजेतिर बस्नेछ । 

बैठकमा जारी निषेधाज्ञा थप गर्ने, कुन-कुन क्षेत्र खुलाउने, कुन क्षेत्र बन्द गर्ने, मोडालिटीबारे छलफल हुने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताकाे जनपाती अनलाइनले जनाएकाे छ । 

निषेधाज्ञा सात देखि दश दिनसम्म थप्ने तयारी रहेको उनले बताए । अवको थप निषेधाज्ञामा फेन्सी,भाडा लगायत भीडभाड् नहुँने व्यवसाय चलाउन दिने तयारी भएको उनको भनाई छ ।

कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी छ। सरकारले असार ७ गतेदेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरिसकेको छ । 

जोररबिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विषयमा पनि छलफल हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *