काठमाडाैं, असार ६ । शनिबार राती भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोलले पराजित गरेकाे छ।
युरोकप फुटबल २०२० समूह ए अन्तर्गत भएकाे खेलमा जर्मनी जितेकाे भएतापनी ४ गाेल भने पार्चुगलले गरे ।
जर्मनीको म्युनिखमा भएको खेलमा जर्मनीका लागि काई हाभार्ज्ट र रोबिन गोसेन्सले गरी जम्मा दुइ गाेल गरेका थिए । जर्मनीकाे लागि बाँकी दुइ गाेल पोर्चुगलका रुबेन डियासले ३५ र राफायल गुएर्रोले ३९ औँ मिनेटमाआत्मघाती गोल गरेका थिए।
खेलमा सुरुवातीमा कप्तान राेनाल्डाेले खेलकाे १५ औं मिनेटमा पहिलाे गाेल गर्दै साविक विजेता पाेर्चुगललाइ अग्रता दिलाएका थिए ।
खेलकाे ३५ औं मिनेटमा पाेर्चुगलका रूबिन डियासले एक गाेल गरे, आफ्नै पाेस्टमा । यसकाे ४ मिनेटपछि फेरी पोर्चुगिज डिफेन्डर गुरेइरोले बल क्लियर गर्न खाेज्दा आफ्नै पाेस्टमा गाेल गरे ।
जर्मनीकाे लागि भने हाभार्ज्टले ५१ र गोसेन्सले ६० औँ मिनेटमा गोल गर्दै टोलीको जित आधार बलियो बनाएका थिए।
पोर्चुगलले अन्तिम पटक सन् २००० को युरोकपमा जर्मनीलाई हराएको थियो । २१ वर्षअघि ३-० ले हराएयताका चार खेलमा भने जर्मनीले पोर्चुगललाई स्तब्ध बनाएको छ । यि दुई टोलीले पछिल्लो पटक २०१४ को विश्वकपमा प्रतिस्पर्धा जर्मनीले ४-० को सानदार जित निकालेको थियो ।
विश्वकप २००६, युरोकप २००८ र २०१२ साथै विश्वकप २०१४ मा जर्मनीले पोर्चुगलविरुद्ध जित निकालेको छ । शनिबार राती भएको खेल पोर्चुगल र जर्मनी युरोकपमा पाँचौ पटक भिडेका हाे ।