काठमाडौं ५ । नेकपा एमालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा निर्माण भइरहेका विभिन्न विकास योजनाहरूको निरीक्षण गरका छन् ।
महासचिव पोखरेलले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ स्थित बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर–६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नम्बर ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलान लगायतको विकास योजनाहरूको निरीक्षण र जानकारी लिएका हुन् । निरीक्षणका क्रममा महासचिव पोखरेलले स्थानीयहरूसँग अन्तरक्रिया पनि गरेका थिए।
पूर्वउपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बुढानीलकण्ठ नगरपालिकाकै वडा नम्बर ४ र ६ मा भइरहेका विभिन्न विकास योजनाहरूको पनि निरीक्षण गरेका थिए ।
