काठमाडाैं, असार ५ । वाङमय शताब्दी पुरूष डा सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
ललितपुरको किष्ट अस्पतालमा उपचाररत संस्कृतिविद् सत्यमोहन जोशी नौ दिनपछि शुक्रबार डिस्चार्ज भएका हुन् ।
जेठ २६ गते श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछिअस्पताल भर्ना भएका जोशी स्वास्थ्यमा सुधार आएसँगै हिँडडुल गर्न सक्ने भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल डा। जोशी ज्यूको स्वास्थ्यमा सुधार भइ उहाँ हिड्डुल गर्न सक्नु हुनु भएको छ । अस्पतालको बसाइको क्रममा उहाँको खानपिन सामान्य नै रहेको थियो । पल्मोनोलोजी कार्डिक तथा जेरियट्रिक फिजिसियनबाट समेत उहाँको अवस्था सुधारात्मक रहेको कुरा जानकारी भएकाले चिकित्सकको सल्लाह बमोजिम उहाँलाई शुक्रबार डिस्चार्ज गरिएको छ।’