अनामनगरको जग्गा कब्जा गर्न खोजको भन्दै स्थानीयको विरोध

काठमाडौं, असार ६ । अनामनगरमा रहेको सार्वजनिक जग्गा हाम्रो टिम नामक सामाजिक संस्थाले जबरजस्ती कब्जा गर्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

एक वर्षदेखि लकडाउनको समयमा छाक टार्नै मुस्किल भएकाहरुलाई खाना खुवाउने काम गरिरहेको हाम्रो टिमलाई स्थानीयले सामाजिक कामका लागि प्रयोग गर्न सो जग्गा दिएको जनाएका छन् ।

नेपालटिभी अनलाइनकाअनुसार संस्थाले सार्वजनिक जग्गामा पार्क बनाउन समेत अवरोध गर्नुका साथै स्थानीयको घर घेराउ गर्ने जस्ता कार्य गरेको स्थानीयको आरोप छ ।

स्थानीय क्लबले सञ्चालन गरिरहेको सो सार्वजिनिक जग्गामा सार्वजनिक काम गर्न आफूहरुलाई आपत्ति नरहेको तर स्थानीयलाई धम्काउने र जग्गा कब्जा गर्ने कार्य आफूहरुलाई स्वीकार्य नभएको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *