हप्ताभरी सम्पूर्ण व्यापार, व्यवसाय सञ्चालन गर्न संघको माग

काठमाडौं, असार ७ । राष्ट्रिय व्यापार संघले हप्तामा सातै दिन सम्पूर्ण व्यापार, व्यवसाय सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै समय सिमा लागु गरी बैकल्पिक दिनहरुमा पसल खोली व्यवसाय गर्न माग गरेको छ । संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएको सुझावमा पनि हप्तामा सातै दिन व्यापार व्यवसाय खोल्न माग गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रशासनलाई दिएको सुझावअनुसार नै हप्ताको सबै दिन व्यवसाय गर्ने वातावरण तयार गर्न साथै सम्पूर्ण व्यवसायीहरुलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नागरिकहरु रोगले भन्दा भोकले मरिने हो कि भन्ने चिन्ता रहेको भन्दै विश्वव्यापी महामारी कोरोनाको दोस्रो भेरियन्टका कारण राज्यद्वारा आवहान गरिएको निषेधाज्ञालाई पालना गर्दै हामी सम्पूर्ण व्यवसायीहरु आफ्नो व्यापार व्यवसाय स्थल बन्द गर्दै आइरहेको संघले स्मरण गराएको छ । अब भने हप्तामा सातै दिन खुला गर्न माग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *